चैत ६, काठमाडौँ । नेपाली कांग्रेसले आफूमाथि परेको
सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको उपप्रधानमन्त्री तथा
गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
कांग्रेस
प्रमुख सचेतक रमेश लेखकले आज मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री
रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । उपप्रधानमन्त्री
लामिछानेले संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसले सामान्य
उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरेका छन ।
यस वियमा लामिछानेले भने ‘एउटा पूरक, ठाडो
उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको हो भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने
कुरा नेपाली जनताले पनि बुझेका
छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु र फेरी पनि भन्छु हामीले कामले जवाफ दिने हो।’
- न्युज बहार संवाददाता