कार्तिक १६, काठमाडौँ । मंगलबार बुढानिलकण्ठको एउटा रिसोर्टमा आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुधबार अबेर राति आफ्नो सामाजिक सञ्जाल फेसबुकमा त्यसबारे टिप्पणी गरेका छन्।
उनले निजी कम्पनीबाट उपत्यकाका अन्य १७ वटा नगरपालिकाले पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको बताएका छन्।
'देश बेच्न खोजेको' आरोप उनले उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि लगाउँदै मेयर बालेनले काठमाडौँ महानगर भने बिक्रीमा नरहेको समेत टिप्पणी गरेका छन्।
उनले लेखेका छन '१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,' नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ।'
- न्युज बहार संवाददाता