Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेरो खातामा कति पैसा छ सोधेको भए म आँफै बताइदिने थिए, मिडियाले धर्म छाडेको छ : निकिता पौडेल

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेकी पत्नी तथा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आएको बताएकी छन् ।

उनले आफ्नो श्रीमान् हिरासतमा रहेको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको बताएकी छन ।  

उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाट्स लेख्दै मिडियाले धर्म छाडेको समेत आरोप लगाएकी छन् । उनले लेखेकी छन ‘मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङविवरण प्रहरीलाई बुझिसकेकी छु, यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ।’

आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए बरु आफैले बताउने समेत उनले बताएकी छन् । 

  • न्युज बहार संवाददाता

थप