पुस २३, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
सुनको मूल्य यसदिन प्रतितोला सात सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार
चाँदीको मूल्य पनि घटेको छ।
सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता