जेठ ३, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुन र चाँदी दुबैको मुल्य
बृद्धी भएको छ ।
यसदिन सुनको मुल्य प्रतितोला १ हजार
६०० रुपैयाँले बढेको हो । १ लाख
४० हजार रुपैयाँ पुगेको छ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो ।
चाँदी आज प्रतितोला १ हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता