मंसिर ६, काठमाडौँ । बुधबार पनि नेपाली बजारमा सुनको भाउ बृद्धी भएको छ।
अघिल्लो
दिनको तुलनामा सुनको मुल्य प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज बुधबार चाँदीको मूल्य स्थिर रहेको
छ।
स्थिर रहेको चाँदी आज प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता