मंसिर २९, काठमाडौँ । नेपाल आयल निगमले
इन्धनको मूल्य घटेको जानकारी दिएकी छन ।
शुक्रबार
मध्यरातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा लिटरको ३ रुपैयाँ
मूल्य घटाएको निगमले जनाएको छ ।
२९ मंसिरमा
इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र
डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ । इण्डियाबाट ३ रुपैयाँ ०७ पैसाले
घटेर आएपनि नेपाल आयल निगमले भने ३
रुपैयाँ मात्र मुल्य घटाएको छ ।
नयाँ मूल्य
अनुसार पोखरा, काठमाडौँ र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा
मट्टितेल लिटरको १५७ रुपैयाँ पुगेको छ ।
- न्युज बहार संवाददाता