जेठ १८, काठमाडौँ । नेपाली तरकारी बजारमा हरियो भटमासको मूल्य घटेको छ।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा हरियो
भटमास प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय १५ देखि एक सय २५ रूपैयाँमा कारोबार भएको
छ।
व्यवसायीहरूले
हरियो भटमासको सिजन सुरू भएकाले मूल्य घटेको बताएका छन।
कालीमाटी
बजारमा एक महिनाअघि हरियो भटमास प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय ५० देखि अधिकतम
एक सय ८० रूपैयाँमा कारोबार भएको थियो।
अहिले काठमाडौँमा ललितपुर, भक्तपुर,
काभ्रे, धादिङ, मकवानपुर लगायतका क्षेत्रबाट
भटमास आउने गरेको छ।
- न्युज बहार संवाददाता