पुस ३, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने
चाँदीको मुल्य घटेको छ ।
आज सुनको
मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज नेपाली बजारमा अघिल्लो
दिनको तुलनामा चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँ घटेको छ।
आज मंगलबार चाँदी
प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता