जेठ १४, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन
र चाँदीको
मूल्य बृद्धी भएको छ।
सुनको
भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रूपैयाँले बढेको हो।
सोमबार चाँदी प्रतितोला १८ सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले
जनाएको छ ।
- न्युज बहार संवाददाता