Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मौद्रिक नीतिको समीक्षा आजै सार्वजनिक गर्ने तयारी

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । मौद्रिक नीतिको पहिलो समीक्षाको विषयमा अर्थमन्त्री प्रकाशशरण महतले चासो व्यक्त गरेका छन्।

अर्थका अधिकारीहरूका अनुसार बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीसहितका सञ्चालक समिति डाकेर अर्थमन्त्रीले समीक्षा छिटो ल्याउन र अर्थतन्त्रको समस्या समाधान गर्ने गरी नीति खुकुलो बनाउन निर्देशन दिएका हुन ।

उनको भनाइ अनुसार अहिले विषम परिस्थिति रहेकोले नियामक निकाय लचिलो बन्न आवश्‍यक रहेको छ।

अर्थमन्त्रीको चासोपछी नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ।

गभर्नर अधिकारीले अर्थ मन्त्रालयको सचिव नभएका कारण मौद्रिक नीतिको समीक्षामा ढिलाइ भएको प्रतिक्रिया दिएका थिए।

आजै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ।

  • न्युज बहार संवाददाता

थप