पुस २४, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहदाँ सुनको मूल्य भने घटेको छ ।
आज सुनको
भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँले घटेको हो।
अनुसार
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य भने
स्थिर रहेको छ।
हिजो सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता