कार्तिक २०, काठमाडौँ । खुद्रा व्यापारीहरुलाई १०
बोरासम्म चिनी बिक्री वितरणका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपलब्ध
गराउने भएको छ ।
निरन्तर पहलपछि प्रधानमन्त्री तथा
मन्त्रिपरिषद् कार्यालयको साल्ट ट्रेडिङले यस्तो प्रबन्ध गरेको हो ।
प्रधानमन्त्री
कार्यालयले बजारमा
चिनीको हाहाकार भएपछि चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन
चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध मिलाएको हो । प्रतिकिलो ११५ रुपैयाँमा यो
चिनी उपभोक्ताले किन्न पाउनेछन् ।
- न्युज बहार संवाददाता