बैशाख
२१, काठमाडौँ । अन्डाको नयाँ समर्थन बिक्री मूल्य नेपाल लेयर कुखुरापालक संघले निर्धारण
गरेको छ । संघको बैठकले नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । चितवनलाई आधार मानेर
बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्न भएको छ ।
नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ, सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५
रुपैयाँ रहेको संघका
सचिव मदन चिरञ्जीवी पोखरेलले जनाएका छन ।
यसअघि ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ, मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट
४०५ रुपैयाँ निर्धारण गरिएको थियो ।
- न्युज बहार संवाददाता