जेठ ८, काठमाडौँ । आज स्थानीय बजारमा अनारको भाउमा घटेको छ ।
आज बिहीबार
अनारको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार
विकास समितिले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । आज अनार प्रतिकिलो ३ सय १०
रुपैयाँमा किनबेच भइरहेको छ ।
बजारमा ५
महिनाअघि अनार प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यो समयमा
उपभोक्ताले एक किलो अनारको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म तिरेका थिए ।
- न्युज बहार संवाददाता