असार ७, काठमाडौँ । ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु भएको छ । नेपाली र स्थानिय आँपलाई बजारीकरण गर्नका लागि ‘म्याङ्गो फेस्ट’सुरु भएको हो ।
काठमाडौँ
अर्गानिक्स र किसान भेन्चरले संयुक्त आयोजना गरेको ‘म्याङ्गो फेस्ट’ तीन दिनसम्म जारी रहने जनाइएको
छ ।
यस मेलामा
सप्तरी, सिराहा र सर्लाहीका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५
प्रजातिका आँपहरु राखिएको छ ।
उत्पला
क्याफे बौद्ध, पानीपोखरीस्थित वालनट विस्ट्रो,
द
गार्डेन झम्सिखेल र काठमाडौँ अर्ग्यानिकमा मेला लागेको छ ।
यस मेला
स्थानमा रसायनरहित आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू पाइनेछ ।
- न्युज बहार संवाददाता