वैशाख २८, काठमाडौँ । गएको चैत महिनामा मूल्यवृद्धि घटेको छ । यो अवधिको वार्षिक विन्दुगत (अघिल्लो वर्षको चैतको तुलना) उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले उल्लेख गरे अनुसार फागुनसम्म यस्तो मुद्रास्फीति ३.७५ प्रतिशतले रहेको थियो ।
राष्ट्र
बैङ्कका अनुसार अघिल्लो वर्ष चैतमा मुद्रास्फीति दर ४.६१ प्रतिशत रहेको थियो । खाद्य
तथा पेय पदार्थ समूहको मुद्रास्फीति समीक्षा महिनामा २.४५ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको
मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ ।
यस
अवधीमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६
प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत
उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत बढेको छ ।
राष्ट्र
बैङ्कका अनुसार मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासको ०.८९ प्रतिशत, फलफूलको
९.०७ प्रतिशत, छ भने
तरकारी उप–समूहको
वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशतले घटेको राष्ट्र छ ।
- न्युज बहार संवाददाता