माघ २७, काठमाडौँ । अहिले बजारमा अंगुर आउन थालिसकेको छ । सिजन सुरु भएसँगै बजारमा अंगुरको मूल्य घट्न पनि छ।
नेपाल
फलफूल थोक व्यवसायी संघ, काठमाडौँका
अनुसार सिजन सुरू भएसँगै अंगुरको मूल्य क्रमश घट्न थालेको हो ।
हाम्रो बजारमा
अंगुर कालो र हरियो गरी दुई प्रकारका पाइने गर्दछन ।
केही दिन अघी सम्म बल्खु बजारमा हरियो अंगुरको होलसेल मूल्य दुई सय
थियो । अहिले प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको छ।
अहिले अंगुरको
होलसेल मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ। हाल उपभोक्तालाई अंगुर
प्रतिकिलो दुई सयदेखि दुई सय ८० रूपैयाँसम्ममा पाइन्छ ।
फागनुदेखि
जेठसम्मको समयलाई अंगुरको मुख्य सिजन मानिन्छ । सिजनमा सबै क्षेत्रका अंगुर गुलियो
र मिठो हुन्छन ।
उनका अनुसार अंगुरको मूल्य घट्न थालेको तीन/चार दिन भयो। तीन/चार
दिन अघि त्यस्तै, कालो
अंगुर प्रतिकिलो होलसेल मूल्य तीन सयमा कारोबार भएकोमा अहिले दुई सय रूपैयाँमा
कारोबार भएको छ।
- न्युज बहार संवाददाता