पुस ४,
काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्यमा गिरावट
आएको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
यस दिन
चाँदी प्रतितोला ५५ रूपैयाँले घटेको छ।
चाँदी
बिहीबार प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता