जेठ ३०, काठमाडौँ । दुई दिनको स्थिरता पछी नेपाली बजारमा आज बुधबार सुन–चाँदी दुबैको मूल्य बढेको छ ।
सुनको
भाउ आज प्रतितोला छ सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि वृद्धी भएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । आज चाँदी १८ सय २०
रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता