पुस ७, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मुल्य बढेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि
बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा
कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता