Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपतिमा नागमणि र एक मुखे रुद्राक्ष हेर्न पाइने

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ। आज अर्थात मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको एक मुखे रुद्राक्ष, बहुमूल्य नागमणि र दाहिने शङ्ख प्रदर्शन गरिने भएको छ ।

आज मङ्गलबार एक मुखे रुद्राक्ष, बहुमूल्य नागमणि र दाहिने शङ्ख बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म देखाउने तयारी गरिएको हो । यी बहुमूल्य सामग्री पशुपतिनाथको पश्चिमढोकाअघि देखाइने छ।

सर्वसाधारणलाई बहुमूल्य दाहिने शङ्ख, नागमणि र एक मुखे रुद्राक्ष प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर देखाउने गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार त्यसरी सुरक्षित छ भनेर देखाइएको बहुमूल्य सामग्री मार्गशीर्ष कृष्ण औँसीका दिन अर्थात आज भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा छ ।

मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । भण्डारमा राख्नुअघि बिहान १० बजे अगावै पशुपतिनाथमा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ ।

  • न्युज बहार संवाददाता

थप