Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ २७ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २७ जेष्ठ २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल जेठ २७  गते, असार कृष्ण सप्तमी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफन्तको सहयोग प्राप्त हुने, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने, अचल सम्पत्ति हात पर्ने र शुभ समाचार सुन्न पाइने योग छ।

वृष - तपाईको आज नयाँ कार्यको योजना बन्ला। साहित्यिक क्षेत्रमा र शैक्षिक क्षेत्रको योजनाले गति प्राप्त गर्ला। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ने छ।

मिथुन - तपाईको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने, धार्मिक यात्रा, छोटो यात्रा गर्ने अवसर मिल्ने र साँझमा खर्च बढ्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मन खिन्न हुने स्थिति आउला, अनावश्यक झमेलामा परिएला। यात्रामा विविध समस्या खेप्नु पर्ला, तर साँझमा मनमा प्रसन्नता छउला।

सिंह – तपाईको आज शुभकार्यको चर्चा चल्ने, दाम, इनाम र प्रतिष्ठा कमाउने, परिवारमा सुख सन्तोष छाउन र स्वादिष्ट भोजन पाइने योग छ।

कन्या - कन्या राशीका तपाइँको आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग र प्रेमीको सहयोग पाइएला। आत्मिक सन्तुष्टि पनि मिल्ला।

तुला - आज तपाइको सामाजिक क्षेत्रमा सफलता मिल्ने, कुटुम्बको साथ पाइने, शैक्षिक कार्य अघि बढ्ने, साथै लगानीले पनि दीर्घकालीन लाभदिने समय रहेको छ।

वृश्चिक – तपाईको आज आफूलाई कमजोर भएको अनुभूति होला, महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ भने अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन रहेको छ।

धनु – तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। अतिथिको रूपमा सत्कार पाइने र वैदेशिक क्षेत्रबाट सफलता पनि मिल्ने तथा दैनिक कार्यमा प्रगति हुने समय छ।

मकर - मकर राशीका आज मनोरञ्जनमा सहभागी हुनुहोला। बन्धु बान्धवबाट सहयोग मिल्ने र जोशजाँगर, हिम्मत बढ्नुका साथै पारिवारिक सद्भाव पनि बढेर जाला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज वित्तिय संस्थाबाट सहयोग पाइने र आँटेको, ताकेको कार्य पुरा हुने तथा शुभकार्यको चर्चा हुनुका साथै पुँजीबजारले पनि साथ दिने योग छ।

मिन – आज काम बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना होला, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनसक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप