Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज घर घरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइदैँ

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । आज प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज मनाइदैँ छ । यस पर्वका अवसरमा शास्त्रीय विधिअनुसार घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइने गरिन्छ ।

दुर्गा मातालाई घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक आह्वान गरी पूजाआजा गरिएको पूजा कोठा अथवा दसैँघरमा आज शुभसाइतको प्रतीकका रूपमा हलेदो, उखु, धानको बाला, केराको बोट, दारिम, बेलपत्र, अशोकको फूल,  जयन्ती मानवृक्ष भित्र्याउने प्रचलन रहि आएको छ ।

शास्त्रीय विधिअनुसार नवपत्रिकाको नामले समेत चिनिने फूलपाती शक्तिको आराधनाका साथ नववटी देवीको प्रतीकको रूपमा भित्र्याई पूजा गर्ने वैदिक विधि रहेको छ ।

  • न्युज बहार संवाददाता

थप