Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र ६ गते सोमबारको राशीफल।

आज चैत्र ६ गते चैत कृष्ण चतुर्दशी तिथी सोमबार।

  •   ४ वर्ष अघि | ६ चैत्र २०७९, सोमवार

शुभ बिहानी, आज चैत्र ६ गते चैत कृष्ण चतुर्दशी तिथी सोमबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज विद्या र बुद्धिको विकास हुने योग छ। नयाँनयाँ ज्ञान सिक्ने मौका पाइएला। कार्यसिद्धि हुने अवसर मिल्नुका साथै राजनैतिक कार्यमा सफलता मिल्नेछ।

वृष – तपाईको आज नसोचेको ठाउँबाट धन हात पर्ने योग छ। धार्मिक तथा समाजसेवामा मन जानेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

मिथुन – आज तपाईंको घरमा विशेष अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने योग छ। लाभदायक यात्रा हुनेछ। नयाँ कार्यको थालनी पनि हुन सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज प्रेममा मनमुटावका साथै मन कमजोर हुन सक्छ। मालसामान हराउन सक्नेछ। हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्ने भएकोले, सचेत रहनुहोला।

सिंह –तपाईको आज छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि उचित समय रहेको छ। धनार्जन हुने र वैदेशिक कार्य अघि बढ्ने समय छ।

कन्या –   आज कन्या राशीका तपइहरुलाई आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेसमय रहेकोछ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला र व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ।

तुला – तपाइलाई आज मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति गर्नु होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। बौद्धिकताको विकास हुने योग छ।

वृश्चिक - आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट पनि आउन सक्नेछ।

धनु – तपाइको आज आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुने र आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ।

मकर - मकर राशीका तपाइको आज कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ। मनोरञ्जनमा सहभागिता हुनुहोला। प्रेममा मधुरता पनि छाउनेछ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने पठनपाठनमा प्रगति होला। रमणीय र सुखद् यात्राको योग रहको छ।

मिन – तपाईको यात्रा आज अनावश्यक हुनसक्छ। पारिवारिक झमेला आउला। राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट सहयोग भने मिल्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप