Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र ३० गते बिहीबारको राशीफल।

  •   ४ वर्ष अघि | ३० चैत्र २०७९, बिहिबार

शुभ बिहानी, आज चैत्र ३० गते बैशाख कृष्ण अष्टमी तिथी बिहीबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज एउटै कामबाट दोहोरो लाभ हुनसक्नेछ भने बन्धु बान्धवबाट सहयोग मिल्ने देखिन्छ। प्रेम जीवन भने सुखद् नै रहला। प्राविधिक कार्यमा पनि सफलता मिल्ने समय छ।

वृष– तपाईलाई आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आउन सक्छ भने मन भावुक हुनेछ। प्रेममा मनमुटाव आउला र अनावश्यक धन खर्च पनि हुन सक्छ।

मिथुन – तपाईको आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुने योग छ। आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज निर्णय कार्यान्वयन नहुने र आत्मबलमा कमी आउनुका  साथै मनमा दुबिधा उत्पन्न हुने समय छ। बुद्धिले काम नगर्न सक्ने हुनाले सचेत रहनु होला।

सिंह –तपाईको आज रोकिएका कामहरू पुनः सुरु हुन सक्नेछन। जोशजाँगर र उमङ्ग बढेर जाला। नयाँ काममा हात हाल्ने समय रहेको छ। शेयर बजारमा पनि रुचि बढेर जाला।

कन्या –   आज कन्या राशीका तपाईले सजिलै अरूको मन जित्न सक्नुहुनेछ भने नयाँ ज्ञान सिक्ने मौका समेत मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनुका साथै रोजगारीको अवसर पनि मिल्न सक्छ ।

तुला – आज तपाइको धार्मिक कृत्यमा सहभागी बन्न। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ । श्रमको उचित मूल्याङ्कन पनि हुने देखिन्छ।

वृश्चिक – तपाईको आज कुनै कुराले मनमा शान्ति छाउन सक्छ। गरेका कामबाट राम्रै लाभ हुने र दैनिक कार्यमा प्रगति हुने समय छ। धर्मकर्ममा मन पनि लाग्न सक्छ।

धनु – तपाइको आज स्थानान्तरण र टाढाको यात्राको सम्भावना रहेको छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने र। अरुलाई प्रभावित पारेर काम बन्ने समय रहेको छ।

मकर - मकर राशीका तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समयको दिन रहला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्ने छ।

कुम्भ - आज कुम्भ राशी हुनेहरुका लागी कार्य सिद्धिको योग रहेको छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नसक्छ। धार्मिक कार्यमा मन जाने र  समयको भने ख्याल नरहनसक्छ।

मिन – आज तपाईले प्रतिस्पर्धाबाट फाइदा उठाउन सक्नुहुनेछ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्ने र पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि मिल्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप