शुभ बिहानी, चैत्र २ गते आज चैत कृष्ण नवमी तिथी बिहिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज अध्ययनअध्यापनको
क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
परिवारका सदस्यहरूसँग भेटघाट हुने योग छ।
वृष – तपाईको आज मनमा
उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्ने छ। भोजभतेरमा
सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नु जरुरी देखिन्छ।
मिथुन – आज तपाईंको मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव पनि मिल्ला। रमणीय, सुखद्
र धार्मिक यात्राको योग रहेको छ।
कर्कट - कर्कट राशी हुनेहरुका लागी आज अधुरा, रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ला। जीवनसाथीको
सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने देखिन्छ।
सिंह –तपाईको आज सामाजिक सेवा
गर्ने अवसरले मानप्रतिष्ठा बढाउने योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ भने
व्यापार व्यवसायमा पनि सफलता होला।
कन्या – आज कन्या राशीका तपइको महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।
सौन्दर्यतामा धन खर्च हुन सक्छ। एकोहोरो माया प्रेमले सताउनेछ भने आर्थिक
कारोबारमा विवाद पनि आउला।
तुला –
तपाइको आज यात्रामा मालसामान हराउन सक्छ सजग रहनु होला। कार्य
सम्पादनमा समस्या आउने र साँझमा पैसा खर्च हुने योग छ। चोटपटकको भय छ सचेत
रहनुहोला।
वृश्चिक - आज
मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ र कसैकसैमा सन्तान
प्राप्ति र प्रसन्नता छाउनेछ।
धनु – तपाइ आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सक्नुहुनेछ।
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ भने रमणीय र सुखद् यात्राको योग पनि छ।
मकर - आज मकर राशीका तपाइको यात्रामा बिध्नबाधा
आइलाग्नसक्छ। खानामा गडबडी हुन सक्छ, अत:
आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक देखिन्छ
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज विद्या र बुद्धिको विकास हुने योग छ। पारिवारिक भेटघाटमा रमाइएला।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने माया प्रेममा आत्मियताको बढोत्तरी
हुनेछ।
मिन - तपाईलाई
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। रमाइलो
यात्राको योग रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता