Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २९ गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | २९ चैत्र २०७९, बुधबार

शुभ बिहानी, आज चैत्र २९ गते बैशाख कृष्ण षष्ठी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज परोपकारी कार्यमा संलग्न हुने र धार्मिक तथा समाजसेवामा मन जाने समय रहेको छ। न्यायिक कार्यमा सफलताका साथै शुभकार्यको चर्चा हुन सक्छ।

वृष– तपाईलाई आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्नेछ त्यसैले काम गर्दा सजग भएर गर्नु उचित होला। मन खिन्न हुने स्थिति आउने र अनावश्यक झमेलामा परिने योग छ।

मिथुन – तपाईको आज कार्यमा सहजता हुने र सामाजिक क्षेत्रमा सफलता मिल्ने समय छ। वैदेशिक कार्य पनि अघि बढ्ला र कुटुम्बको सहयोग मिल्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज जोशजाँगर र हिम्मत बढ्ने र मनोरञ्जनमा सहभागी भइने समय छ। बन्धुबाट सहयोग हुनसक्छ भने पारिवारिक सद्भाव पनि बढेर जाला।

सिंह –तपाईको आज प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। आज मन पर्ने वस्त्र उपहार पाइने योग रहेकोछ। स्वादिष्ट भोजनको आनन्द समेत लिन सकिएला।

कन्या –   आज कन्या राशीका तपाईको भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति गर्नुहोला भने महत्वपूर्ण अवसर गुम्न सक्ने देखिन्छ।

तुला – आज तपाइको व्यक्तित्वमा सुन्दर पहिरनले निखारता ल्याउला भने धार्मिक यात्राको योग रहेकोछ। नयाँ कार्यको योजना बन्न सक्छ र साहित्यिक क्षेत्रमा रुचि बढेर जाला।

वृश्चिक – तपाई आज विद्या तथा प्रतिष्पर्धामा सफल हुनुहोला। लगनशीलताले कामहरू अगाडि बढ्ने देखिन्छन। प्रेमीको सहयोग मिल्नेछ भने सन्तुष्टि लिन सकिएला।

धनु –तपाइको आज आज दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ। स्वादिष्ट भोजनको योग छ। शुभकार्यको चर्चा चल्नुका साथै परिवारमा सुख सन्तोष पनि छाउन सक्छ।

मकर - आज मकर राशीका तपाई आफूलाई कमजोर भएको अनुभूति हुनेसक्छ, गरेका कार्यमा ढिलासुस्ती हुने र शत्रुपक्ष भने सबल रहने छन त्यसैले सजग रहनु उचित हुनेछ।

कुम्भ - आज कुम्भ राशी हुनेहरुका लागी आफन्तको सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाइएला भने अचल सम्पत्ति हात पर्ने योग रहेछ। त्यस्तै शुभ समाचार सुन्न मिल्नेछ।

मिन – आज तपाईको बुद्धिले आँटेको र ताकेको कार्य पुरा हुन सक्छन। वित्तिय संस्थाबाट सहयोग मिल्नसक्छ भने मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुने योग छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप