शुभ बिहानी, आज २०८० साल बैशाख २२ गते बैशाख शुक्ल चण्डि पुर्णिमा तिथी शुक्रबार। आज बुद्ध जयन्ती तथा उभौली पर्व। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज आफन्त र साथीभाइबाट
सहयोग तथा हौसला होला। रमणीय र सुखद् यात्राको र आँटेको तथा ताकेको कार्य पुरा
हुने योग रहेको छ।
वृष - तपाईको आज नयाँ कार्य
प्राप्तिको योग रहेको छ। आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिएला। काम गर्ने
उत्साह र हौसला पनि मिल्न सक्छ।
मिथुन - तपाईले अधिकार प्राप्तिको
लागि संघर्ष गर्नु पर्ने र झन्झटिलो काममा संलग्न हुनुपर्ने समय रहेको छ।
स्वास्थ्य तथा सौन्दर्यतामा बढी धन खर्च होला।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज एउटै कामबाट दोहोरो लाभ हुनसक्छ। मित्रबाट विशेष सहयोग मिल्ने र नयाँ
वस्त्र, अलङ्कारको प्राप्ति होला। नजिकै घुम्न पनि पाइएला।
सिंह – तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान।
दाम्पत्य सम्बन्ध बलियो र सुदृढ होला। वित्तिय संस्थाबाट सहयोग पनि पाइएला।
कन्या - कन्या राशीका
तपाइको आज इच्छा र आकाङ्क्षा पूर्ण होला। चिताएको कामले तीव्रता लिने र पारिवारिक
सद्भाव बढ्ने योग छ,
तर शेयर बजारमा भने नोक्सानी नै हुनसक्छ।
तुला - आज तपाइको लगनशीलताको
कमीले गर्दा ठूलो उपलब्धि हात नपर्न सक्छ। यात्रा गर्दा पनि सचेत हुनुहोला, तर साँझमा भने कुनै कुराले मन खुसी हुनेछ।
वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै
नयाँ कार्यको योजना बन्ने योग छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक
सफलता प्राप्त होला।
धनु - तपाइको
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ।
धर्म कर्म,
परोपकार, समाजसेवा
जस्ता कार्यमा मन जानेछ र रोजगारको अवसर पनि मिल्ने योग छ।
मकर - मकर राशी हुनेहरुका लागी आज गरेको
काममा ढिलासुस्ती हुने र निर्णय लिदा विचार गरेर लिनु उचित हुनेछ। आर्थिक तनाव
बढेको महसुस हुला,
तर साँझमा मन प्रसन्न रहनेछ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। आम्दानी बढाउने काम
सुचारु हुनेछ। सफल यात्राको योग रहेको छ।
मिन - तपाईको
आज आदर्श
व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला।
धर्म, कर्ममा मन जानेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता