Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख २० गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | २० बैशाख २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल बैशाख २० गते बैशाख शुक्ल त्रयोदशी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज काममा सफलता मिल्ने र मनमा भएको बोझ हट्ने तथा अरूले सापटी लगेको रकम फिर्ता पाइनेका साथै मानसम्मानसमेत मिल्ने योग छ।

वृष - तपाईले आज आफन्तसँग रमाइलो भेटघाट हुने र कुनै कुराले मनमा शान्ति छाउनौ समय छ, मनोरञ्जनमा सहभागिता हुनुहोला भने प्रेम सम्बन्धमा मधुरता आउनेछ।

मिथुन - तपाईले सोचेजस्तो लाभ हासिल गर्न केही समय पर्खिनुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या हुनसक्छ, तर साँझमा सहयोग मिल्नाले मन प्रसन्न रहने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महिला वर्गबाट विशेष सहयोग मिल्न सक्छ, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जाने र व्यापार व्यवसायमा प्रगति हुने समय छ।

सिंह – तपाईको आज श्रमको उचित मूल्याङ्कन हुनाले व्यापार व्यवसायमा सफलता हुनेछ। धर्म तथा समाजसेवामा मन जानेछ भने नयाँ कामको थालनी पनि हुनेछ।

कन्या - कन्या राशीका तपाइको आज आफन्तको प्रगतिमा मन खुसि होला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनसक्छ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ पनि होला।

तुला - आज तपाइको लाभदायक यात्रा हुनेछ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय रहेको छ भने मेहनतीहरूका लागि दिन फलदायी होला।

वृश्चिक – तपाईको आज बन्धु बान्धवबाट सहयोग मिल्ने र राजनीतिक कार्यमा सफलता मिल्ने योग छ। वैदेशिक कार्य अघि बढ्नुका साथै स्वास्थ्यमा सुधार पनि होला।

धनु - तपाइको आज चलाखीपूर्ण बोलिको प्रभावले आँटेको काम पुरा होला। जोशजाँगर र हिम्मत बढ्नुका साथै कला र गलाको प्रभाव बढेर जाला,वाहन लाभ पनि हुने समय रहेकोछ।

मकर - मकर राशीका तपाईको आज नयाँ कार्य वा रोजगारको अवसर आउनेछ। धार्मिक कार्यमा रुचि बढेर जाला। रचनात्मक कार्यबाट अरूको मन जित्न सकिएला। प्रेममा सफलता पाइने समय छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज सोचेजस्तो लाभ हासिल गर्न केही समय पर्खिनुपर्ला। घरायसी व्यवहारबाट टाढै बस्दा राम्रो होला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत हुनुहोला।

मिन - तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आत्मिक सन्तुष्टि मिल्ने र दानपुण्यका कार्यमा सहभागी भइएला। शुभकार्यको चर्चा पनि चल्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप