Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ७ गते मंगलबार दसैँको टिकाको दिनको राशीफल कस्तो होला?

  •   ३ वर्ष अघि | ७ कार्तिक २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ७ गते, असोज शुक्ल दशमी तिथी मंगलबार । आज बडा दशैँको दसौँ दिन विजया दशमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ, शुभकार्यको चर्चा होला। सांगीतिक क्षेत्रमा रुचि बढ्नुका साथै बन्धुबान्धवबाट सहयोग पाइएला।

वृष – तपाइको आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण र चिताएको कामले तीव्रता लिने समय हो।

मिथुन - तपाईको आज रमाइलो यात्राको सम्भावना रहेको छ भने त्यसबाट दीर्घकालिक फाइदा हुनेछ, लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्नेछ, खर्च नियन्त्रणभन्दा बाहिर जानेछ। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जन सक्छ।

सिंह – तपाईको आज यात्रा भने कष्टकर हुनसक्छ, सांस्कृतिक कार्यमा मन जानसक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन होला।

कन्या - कन्या राशीका तपाईको आज पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढेर जानेछ, परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। सामाजिक क्षेत्रबाट मानसम्मान पाइएला।

तुला - तपाइले आज न्यायिक कार्यमा सफलता पाइएला, जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ।

वृश्चिक – तपाईको आज नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनसक्ने हुनाले विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ।

धनु – तपाइको आज कुनै न कुनै कुराले मनमा खिन्नता आउला, मान्यजनसँग भेटघाट होला। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज नोकरी गर्नेले मानसम्मान पाउलान, लाभदायक यात्राको सम्भावना छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला, परिवारजनको साथले नयाँ आशा दिनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख पनि मिल्नेछ।

मिन – तपाइको आज आफूलाई कमजोर भएको अनुभूति होला। शत्रु र प्रतिस्पर्धीबाट प्रतिष्ठा बिगार्ने प्रयास हुनसक्छ। विवेकले काम नगर्न सक्नेछ छ, त्यसैले सचेत रहनु आवश्यक छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप