Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । आज छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।  झण्डा दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज काठमाडौँको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो । उक्त र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।

संयुक्त राष्ट्रसंघमा २०१९ साल पुसको १ गते नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप