Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नग पञ्चमीका अवसरमा नागछाँगामा मला लगाइने ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, भोजपुर । धार्मिक तथा पर्यटकीयस्थल समेत रहेको नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने निर्णय गरिएको हो । अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान पर्याप्त प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ ।  

गाउँपालिकाको वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । यही भदौ ४ गते नाग पञ्चमीका दिन यस स्थानमा मेलाको आयोजना गरिएको छ।

रामप्रसादराई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचर्यले प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको जानकारी दिएका छन । वडाध्यक्ष आचार्यको भनाइ अनुसार यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने छ ।

  • न्युज बहार संवाददाता

थप