जेठ १, नवलपरासी। नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ ।
नयाँवर्षको सुरुवात सँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि समेत बढाएको छ । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मौलाकालिका मन्दिरसम्म पुग्न सकिन्छ।
केबलकारको सुविधा भएपछी मन्दिरको दर्शनमा जाने भक्तजनका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य बनेको छ।
यस मौलाकालिका क्षेत्रवाट चितवन, नवलपरासी, गोर्खा, तनहुँ जिल्लाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाहरुको अबलोकन गर्न सकिन्छ। साथै याहाँबाट चितवनको समथर भूमि, तीर्थस्थल देवघाटधाम, राष्ट्रिय निकुञ्जको जङ्गल तथा नारायणी नदीको सुन्दर दृश्य पनि देख्न सकिन्छ।
मौलाकालिका केबलकारबाट मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्रको हरियाली वातावरण पनि देख्न सकिन्छ ।
नारायणगढबाट मौलाकालिका पुगेर दर्शन र दृश्यावलोकन गरेर सजिलै फर्किनको लागी मात्र २ घण्टा भएपनि सजिलै जाउँआउँ गर्न सकिन्छ ।
- न्युज बहार संवाददाता