Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, कास्की । एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम गण्डकीको हेम्जामा सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सारङ्गी बादक सम्मरबहादुर गायकले गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका कार्यक्रममा सचिव प्रकाश पौडेलले प्रशिक्षणको समापनमा वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताएका थिए ।

उनका अनुसार एक तार हुँदै आज सारङ्गीको विकसित रूप चार तारसम्म आइपुगेको हो भने ऐतिहासिक महत्त्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा पनि हो ।

उनले नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै नयाँ पिँढीले यसको संरक्षण प्रवर्द्धनमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप