असोज १८,
जलेश्वर । आजदेखि मिथिलाञ्चलमा पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति, सन्तानको
दीर्घ जीवनका लागि मनाइने जितिया पर्व धार्मिक विधि पूर्वक सुरु भएको छ ।
आजदेखि महोत्तरीलगायत
मिथिलाञ्चल क्षेत्रमा नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ नहा खा (नुहाएर खानु) विधि गर्दै सुरु
भएको हो ।
आजको दिन
व्रती महिलाले व्रत बस्नु अघि तलाऊ, नदी वा पोखरीमा नुहाएर सोही ठाउँमा
घिरौलाको पातमा दिवङ्गत पितृ र भगवान् जितमाहनलाई दही, चिउरा, अमोट (आँपको रसबाट तयार हुने खाद्य
पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने
चलन छ ।
जलेश्वरनाथ
महादेवका पुजारी उपेन्द्र पाठकले शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं
निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने बताए
।
- न्युज बहार संवाददाता