फागुन
१४, जनकपुर । धनुषामा रहेको एक मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । शनिवार
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको
मूर्ति, सुनको
मुकुट र गरगहना चोरी भएको हो ।
छ लाख
रुपैयाँ बराबरको सामान शनिवार राति करिब १२ बजेको समयमा चोरी भएको मन्दिरका पुजारी
धिरज यादवले जानकारी दिए । जनकपुर–ढल्केवर
सडक खण्डमा रहेको यस मन्दिरमा पटक पटक चोरी हुँदै आएको छ भने प्रहरी प्रशासनले
गम्भीरता नदेखएको स्थानियले आरोप लागाएका छन ।
धनुषाका
डिएसपी वेद प्रसाद गौतमले भने चोरीमा संलग्नको अभियुक्त छिट्टै पक्राउ पर्ने दाबी
गरेका छन ।