Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक २२ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २२ गते, कार्तिक कृष्ण दशमी तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज दानपुण्यका कार्यमा सहभागी पनि भइएला, रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। साथीभाइबाट बढी फाइदा लिने समय रहेको छ।

वृष  तपाइको आज विपक्षीको छलकपटबाट सावधान रहनुपर्ने समय छ, काममा केही प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपर्ने र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउन सक्छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जाने तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र रोकिएको धन पनि हात पर्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला, रोकिएका काम पुनः सुरु हुन सक्लान। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।

सिंह तपाईको आज साथीभाइबाट सहयोग प्राप्त होला। वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जाने र वैदेशिक यात्रा तय गर्न सकिने समय छ।

कन्या - कन्या राशीका तपाईको आज आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । तुला - तपाइको आज आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्नेछ। नयाँ व्यक्ति र मन पर्ने व्यक्तिसँग भेटघाट होला, व्यापारमा मनग्ये धनलाभ हुनसक्छ। श्रमको उचित मूल्याङ्कन पनि होला।

वृश्चिक  तपाईको आज प्रेम सम्बन्ध कसिलो होला, विपरीत वर्ग प्रति आकर्षण र वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ। रचनात्मक काममा जुट्ने समय रहेको छ।

धनु  तपाइको आज वैदेशिक कार्य र विद्यामा सफलता मिल्ने, कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहला र उन्नति एवं प्रगतिको वातावरण बन्ने देखिन्छ।

मकर - मकर राशीका तपाइको आज शिक्षामा राम्रो नतिजा आउला, दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपर्नेछ, मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउलान।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभयात्राको योजना बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिको साथ पाइने तथा राजनैतिक र समाजसेवामा सफलता पनि मिल्नेछ।

मिन – तपाइको आज प्रयत्न गरे फाइदा लिन सकिएला, विद्या र बुद्धिको विकास होला। पार्टी तथा सेमिनारमा सहभागी भइने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप