Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक २८ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २८ कार्तिक २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २८ गते, कार्तिक शुक्ल प्रतिपदा तिथी मंगलबार । आज तिहारको चौथो दिन गोवर्धन पुजा, म्हः पुजा। आजबाट नेपाल सम्वत ११४४ प्रसम्भ । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिनेछन। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला। चिताएको काम रोकिनेछ।

वृष  तपाइको आज व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तको सहयोग प्राप्त होला।

मिथुन - तपाईको आज धैर्य एवं लगनशीलताले अवसर प्राप्त होला, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ला। विश्वास गरेकाले साथ दिनेछन्।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अधुरा कार्यहरू पुरा हुनेछन, सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम रहला।

सिंह तपाईको आज मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनाले आफूलाई कमजोर भएको अनुभूति होला। आत्मबल बढाएर काम गरेमा सफल भइएला।

कन्या - कन्या राशीका तपाईको आज साँझमा पैसा खर्च हुने योग रहेको छ, स्थान परिवर्तनका साथै रोकिएको धन हात पर्नसक्ने र मनोरञ्जनमा सहभागी भइने विशेष योग देखिएका छन।

तुला - तपाइको आज नयाँ तथा शुभ समाचार सुन्न पाइनेछ, धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने र सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ।

वृश्चिक  तपाईको आज शुभ समाचार सुन्नमा आउनेछ, चिताएको कामले तीव्रता लिने र वित्तिय संस्थाबाट सहयोग प्राप्त हुने तथा चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला।

धनु  तपाइको आज मानसिक चिन्ता बढ्नेछ। गरेका कार्यमा अवरोध र ढिलासुस्ती होला। यात्रामा मालसामान हराएता पनि साँझमा भने शुभ समाचार सुन्न पाइनेछ।

मकर - मकर राशीका तपाइको आज सोचेका काम पूरा होलान, सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि रहेको छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल हनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ, स्वादिष्ट भोजन पाइने र वैदेशिक क्षेत्रको काम अघि बढ्ने समय छ।

मिन – तपाइको आज धर्म, कर्म तथा समाज सेवामा मन जानेछ, लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने र चिताएको कामले तीव्रता लिनेछन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन


  • न्युज बहार संवाददाता

थप