Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १० गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असोज १० गते, भदौ शुक्ल त्रयोदशी तिथी बुधबार । आज विश्व पर्यटन दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मित्रसँग मीठो भेटघाट होला, शुभअशुभ समाचार सुन्नपर्नेछ। लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन रहेको छ।

वृष – तपाइको आज नयाँ नयाँ ज्ञान सिक्ने मौका पाइएला, दाम, इनाम र प्रतिष्ठा कमाउने र व्यापार व्यवसायमा फाइदा हुने तथा वाहन सुख मिल्ने समय छ।

मिथुन - तपाईको आज सामाजिक कार्यमा पनि मन जानाले बन्धुबान्धवबाट सहयोग पाइएला। मित्रबाट विशेष सहयोग मिल्नेछ भने साहित्यिक क्षेत्रमा पनि रुची बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दिनको उत्तरार्ध सुखद् रहला, अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिन सक्छ। मनोरञ्जन तिर लाग्नाले अवसर गुम्न सक्छ।

सिंह – तपाईको आज नयाँ कामको थालनी होला, कुनै समाचारले मनमा शान्ति छाउने र अरुलाई प्रभावित पारेर काम बन्ने तथा प्रेमीको सहयोग पाइन सकिएला।

कन्या - कन्या राशीका तपाईको आज वैदेशिक कार्य पनि अघि बढ्ला। बन्धु बान्धवबाट सहयोग पाइएला। साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने र नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनसक्छ।

तुला - तपाइको आज भेटघाट र मनोरञ्जनमा सहभागि भइएला। नयाँ र शुभकार्यको चर्चा हुनेछ। सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिएला।

वृश्चिक – तपाईको आज सन्तान तथा परिवारमा मेलमिलाप राम्रै होला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पान सक्छ, शैक्षिक पक्ष कमजोर रहला।

धनु – तपाइको आज प्रेम र दाम्पत्य जीवन पनि सुखमय रहला। दाम, इनाम र प्रतिष्ठा कमाउने र सामाजिक, धार्मिक कार्यबाट सन्तोष मिल्ने समय छ।

मकर - मकर राशीका तपाइको आज आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्ला, प्रिय व्यक्तिसँग भेटघाट हुने र धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउनु होला, आत्मिक सन्तुष्टि मिल्ने र विद्यामा सफलता पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान।

मिन – तपाइको आज साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो होला, प्रेममा मनमुटावका साथै मन कमजोर पनि हुनसक्छ। सामान हराउने वा चोरी हुने भय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप