Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १० गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १० गते, असोज शुक्ल त्रयोदशी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मनमा दुबिधा उत्पन्न हुनाले गलत आचरणतर्फ आकर्षित भइएला, निर्णय कार्यान्वयन हुन नसक्नाले आत्मबलमा कमी आउला।

वृष – तपाइको आज नयाँ योजना पनि अघि बढ्नेछ भने विपरित वर्गबाट विशेष सहयोग पाइएला। पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने समय छ।

मिथुन - तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्नेछ भने श्रमको उचित मूल्याङ्कन होला मिष्ठान्न भोजनको अवसर पाइएला। सामाजिक कार्यमा रुचि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पढाइमा प्रगति होला, शुभकार्यको चर्चा चल्नेछ, आँटेको र ताकेको कार्य पुरा हुनेछन। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ।

सिंह – तपाईको आज परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका हुने, नयाँ कार्यको योजना बन्ने र नजिकको मित्रसँग भेटघाट हुने योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । ।

तुला - तपाइको आज लगानीमा रहेको रकम फिर्ता आउनेछ लाभहानी, आयव्यय, सुखदु:ख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त होला।

वृश्चिक – तपाईलाई आज सेयरबजारका कारोबारबाट लाभ हुनेछ, घुमफिर र भ्रमणमा दिन बित्ने र ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध होलान।

धनु – तपाइको आज सरकारी निकायको भय रहनाले मन भावुक र उत्ताउलो हुनसक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ।

मकर - मकर राशीका तपाइको आज आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित होला, प्रतिस्पर्धा वा परीक्षामा सफलता पाइनेछ। दैनिक कार्यमा प्रगति होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज जोशजाँगर र हिम्मत बढेर जानेछ, एउटै कामबाट दोहोरो लाभ लिन सकिएला। बन्धु बान्धवबाट सहयोग पाइएला। सामाजिक कार्यमा सफलता होला।

मिन – तपाइको आज आयका नयाँनयाँ स्रोतहरू प्राप्त होलान, रोकिएका काम पुनः सुरु हुनेछ। जोशजाँगर र उमङ्ग बढ्ने तथा आम्दानीका मार्ग पनि बढ्ने छन्।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप