Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २४ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असोज २४ गते, असोज कृष्ण द्वादशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रमणीय र सुखद् यात्रा हुन सक्छ, दैनिक कार्यहरूमा प्रगति हुँदै जाला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा जोशजाँगर र हिम्मत बढ्ने योग छ।

वृष – तपाइको आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला, शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या आउला।

मिथुन - तपाई आज आज अतिथिका रूपमा सम्मान र स्वादिष्ट भोजन पनि पाइएला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने र शुभकार्यको चर्चा हुने तथा मनमा हर्ष, उमङ्ग र उत्साह छाउने समय छ।

सिंह – तपाईको आज अधुरा कार्यहरू सम्पन्न होलान। नयाँ कार्यको थालनी हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने र आत्मिक सन्तुष्टि मिल्न सक्छ।

कन्या - कन्या राशीका तपाईको आज विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ, मनमा दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउला।

तुला - तपाइलाई आज पुँजी बजार तथा शेयर बजारबाट लाभ मिल्नेछ भने परिवारजनको साथले नयाँ आशा दिनेछ। काम देखाएर अरूको मन लोभ्याउन पनि सकिएला।

वृश्चिक – तपाईको आज तीर्थाटनको योग रहेको छ, मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने र आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ।

धनु – तपाइको आजको समय मनोरञ्जनमा सहभागिता भइने हुनाले निकै उत्साहजनक रहको छ। समाजसेवामा मन जानेछ र रोकिएका अधुरा कामहरू पुरा होलान।

मकर - मकर राशीका तपाइको आज नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक नहुनाले पारिवारिक समस्या आइपर्न सक्छ। गरेको काममा ढिलासुस्ती होला। आँटेको काममा बाधा आउला।

कुम्भ - कुम्भ राशीका तपाइको आज ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन भने धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन जानेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

मिन – तपाइको आज कुनै न कुनै कुराले मनमा शान्ति पनि छाउनेछ भने लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। पारिवारिक सहयोग मिल्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप