Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस ४ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल पुस ४ गते, मंसिर शुक्ल अष्टमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज घरायसी समस्या बढ्नाले सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन आउला। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्नेछ।

वृष – तपाइको आज साँझमा पैसा खर्च हुनसक्छ, स्थान परिवर्तनका विशेष योग देखिएको छ। रोकिएको धन हात पर्ने र मनोरञ्जनमा सहभागी भइनेछ।

मिथुन - तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइएला। रोकिएका अधुरा कामहरू पुरा होलान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्यमा प्रगति होला। कुनै समाचारले मनमा खुसियाली छाउनाले धार्मिक कार्य सफल रहनेछन् भने न्यायिक कार्यमा पनि सफलता पाइएला।

सिंह – तपाईको आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। मन भावुक र उत्ताउलो हुने हुनाले आफूलाई अनुशासित र संयम बनाउनु होला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज शुभ र नयाँ कार्यको चर्चा हुनेछ। आस मारेको काम बन्न सक्छ। अचल सम्पत्ति हात पर्ने योग रहेको छ। आँटेको र ताकेको कार्य पुरा होला।

तुला - तपाइको आज पढाइ लेखाइमा प्रगति होला। धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ। मिलनसार साथीको सहयोगले कार्य सिद्ध होला।

वृश्चिक – तपाईले आज अरुको मन जित्न सक्नुहुनेछ। शुभ समाचार सुन्न पाइने र परिवारजनको साथले नयाँ आशा जगाउनेछ भने नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ।

धनु – तपाइको आज पढाइलेखाइमा पनि समय दिन नसकिएला। साथीभाइबाट धोका हुनेछ, आर्थिक पक्ष र शेयर बजारबाट लाभ नहुने देखिएको छ।

मकर - मकर राशीका तपाइको आज सन्तान सुख मिल्नेछ धार्मिक तथा समाजसेवामा मन जानेछ भने राजनैतिक कार्यमा सफलता मिल्ला। साहित्यिक क्षेत्रमा पनि रुचि बढ्ने देखीन्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ र शुभकार्यको चर्चा पनि हुनेछ। रमाइलो यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्ने र मित्रबाट विशेष सहयोग पाइनेछ।

मिन – तपाइको आज वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता पाइनेछ। नयाँ कार्यको योजना बन्ने र बोलीको प्रभाव बढ्नुका साथै स्वादिष्ट भोजनको योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप