शुभ बिहानी, आज २०८० साल भदौ १४ गते, साउन शुक्ल पुर्णिमा तिथी बिहिबार । आज जनै पुर्णिमा, गाई जात्रा र क्वाटी खाने दिन। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आफ्नो अधिकार
प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला। जोशजाँगर र हिम्मत बढ्ने तथा
अरुको मन जित्न पनि सकिने समय छ।
वृष – तपाइको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। नयाँ क्षेत्रमा
लगानीको अवसर मिल्ला। शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनसक्छ।
मिथुन - तपाई आज तर्क, विवाद
र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन रहेको छ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।
गरेको कार्यबाट लाभ र सफलता पाइएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज निर्णय
कार्यान्वयन नहुन सक्छ। आफ्नो विचार विपरित निर्णय होला। नजिकका व्यक्तिबाट काममा
बाधा आउनाले आत्मबलमा कमी आउला।
सिंह – तपाईको आज
आँटेको र ताकेको कार्य पुरा होलान। पारिवारिक सद्भाव बढ्ला। व्यापार व्यवसायमा औसत
लाभ मिल्ला। वैदेशिक क्षेत्रको कार्य सफल होला।
कन्या - कन्या राशीका तपाईको आज इच्छा र आकाङ्क्षा पूर्ण होलान। एक अर्कासँग केही
न केही आशा गरिरहनु होला। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।
तुला - तपाइको आज बन्धु
बान्धवबाट सहयोग पाइएला। कार्य क्षेत्रमा प्रगति र चलाखीपूर्ण बोलीले गरेको कार्य
सिद्ध होला। बाहन सुख पनि मिल्न सक्छ।
वृश्चिक – तपाईको आज आँटेको काममा ढिलासुस्ती होला । दाम्पत्य जीवनमा
एक किसिमको निरासता पनि छाउन सक्छ, तर
साँझमा मन प्रसन्न रहला।
धनु – तपाइको आज समाज सेवा गरे लोकमा प्रसिद्ध भइएला। स्वास्थ्यमा
सुधार आउनेछ। आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर बन्ला। तीर्थाटनको योग पनि रहेको
छ।
मकर - मकर राशीका तपाइको आज सोचेको
आँटेको काममा फाइदा होला। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला।
मनोरञ्जनमा सहभागिता भइने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज स्वास्थ्यमा सुधार
आउन सक्छ। अचल सम्पत्ति हात पर्ने योग रहेको छ न्यायिक कार्यमा सफलता पाइएला। व्यापार, व्यवसायमा लाभ होला।
मिन –
तपाइको आज आजको
दिन माध्यम खालको छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। व्यवसायमा नोक्सानी होला तर सफल
यात्राको योग भने रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन ।
- न्युज बहार संवाददाता