शुभ बिहानी, आज २०८० साल कार्तिक १ गते, असोज शुक्ल चतुर्थी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज वैदेशिक
कार्य सम्पादन हुँदा लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो
कारोबारमा लगानी नगर्दा राम्रो होला।
वृष – तपाइको आज व्यापारमा फाइदा मिल्नाले आत्मविश्वास र
पराक्रममा वृद्धि होला। अचल सम्पत्ति हात पर्ने र आँटेको र ताकेको कार्य पुरा हुने
योग छ।
मिथुन - तपाईको आज एउटै कामबाट दोहोरो लाभ होला।आफन्त सँग भेट घाट
हुनेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। स्वादिष्ट भोजन पाइएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज स्वास्थ्यको
ख्याल गर्नु पर्नेछ, यात्रा सफल होला। परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ।
अतिथिको रूपमा सत्कार पनि पाइएला।
सिंह – तपाईको आज
साँझमा शुभ समाचार सुन्न पाइएला भने सरकारी निकायको भय रहनेछ। व्यवसायमा नोक्सानी हुनसक्छ।
परिवारमा झैझमेलाको अवस्था आउला।
कन्या - कन्या राशीका तपाईको आज दाम्पत्य जीवन सुखमय रहला, सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता दिनेछ। आकस्मिक धन लाभ हुँदा जोशजाँगर र हिम्मत बढेर जानेछ।
तुला - तपाइलाई आज सामाजिक
क्षेत्रमा सफलता र शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र
राज्यबाट मान सम्मान पाइने समय छ।
वृश्चिक – तपाईको आज पदोन्नतिको सम्भावना प्रबल रहेको छ भने नयाँ
कार्यको थालनी पनि हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्लान। वित्तिय संस्थाबाट
सहयोग पाइएला।
धनु – तपाइको आज दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न गरिएला,
बन्न लागेको काम बिग्रिन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहनेछ।
मकर - मकर राशीका तपाइको आज व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने तथा अरुलाई प्रभावित
पारेर काम बन्नुका साथै मनोरञ्जनमा सहभागी भइने र पारिवारिक सद्भाव बढ्ने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ,
प्रेमीको सहयोग प्राप्त होला। दाम, इनाम
र प्रतिष्ठा कमाउने र न्यायिक कार्यमा सफलता मिल्नेछ वेला छ।
मिन –
तपाइको आज कला
र गलाको प्रभाव पनि बढ्नाले दाम, इनाम र प्रतिष्ठा कमाउने तथा शुभकार्यको चर्चा हुने र
परिवारमा सुख सन्तोष छाउने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता