Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १८ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल पुस १८ गते, पुस कृष्ण सप्तमी तिथी बुधबार । सन २०२४ जनवारी ३ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज महिला मित्रबाट विशेष सहयोग पाइनेछ। चिताएको कामले तीव्रता लिने तथा व्यापार, व्यवसायबाट फाइदा लिन सकिएला।

वृष – तपाइको आज रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु होलान। दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट होला।

मिथुन - तपाईको आज नयाँ कार्य र शुभकार्यको चर्चा हुनेछ। कार्यमा सम्पादनमा समस्या आउनाले सरकारी निकायको भय पनि रहनेछ

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वादिष्ट खानेकुरा पाइएला। मङ्गल कार्यको योजना बन्नसक्छ। कृषि कार्यमा सहभागी भइनेछ। नयाँ रोजगारको अवसरले पछ्याउन सक्छ।

सिंह – तपाईको आज प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने र वित्तिय संस्थाबाट सहयोग पाइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साँझमा पैसा खर्च बढ्न सक्छ। धर्मकर्म, तथा समाजसेवामा मन जानेछ। अरुको मन जित्न सकिएला। शुभकार्यको योजना बन्नेछ।

तुला - तपाइको आज मनमा चञ्चलता बढ्ने र स्वास्थ्यप्रति सजग रहने समय छ, अन्यथा धन खर्च हुनसक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिएको छ।

वृश्चिक – तपाईको आज प्रेम र दाम्पत्य जीवन सुखमय नै रहला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

धनु – तपाइको आज शुभकार्यको चर्चा पनि हुनेच। जोशजाँगर र हिम्मत बढ्ने तथा नयाँ कामको योजना बन्न सक्छ। राजनैतिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज उपहार पाइने सम्भावना रहेको छ। परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट होला। आफन्तसँग सफल भेटघाट हुनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साँझ सम्ममा कहीँ कतैबाट नयाँ र शुभ समाचार मिल्नेसुन्न पाइएला। नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो बहुन सक्छ। सरकारी निकायको भय हुनेछ।

मिन – तपाइको आज कला र गलाको प्रभाव पनि बढ्नसक्छ। मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा भने प्रगति होला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप