Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस ११ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल पुस ११ गते, पुस कृष्ण प्रतिपदा तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज पारिवारिक सद्भाव बढ्नेछ। आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पाइएला। कूटनीतिक नियोगको सहयोग पनि मिल्नेछ।

वृष  तपाइको आज वैदेशिक कार्य अघि बढेर जानेछ। शुभ समाचार सुन्न पाइने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्ने देखिन्छ।

मिथुन - तपाईको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने योग रहको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने र सौन्दर्यतामा धन खर्च होला।  

सिंह तपाईको आज पुनर्मिलनको योग रहेको छ। अरूलाई प्रभावित पारेर काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउला। नयाँ कार्यको प्रारम्भ होला।

कन्या – कन्या राशी हुनेहरुको आज परिवारमा सुख सन्तोष छाउला, रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा होला। प्रेमीको सहयोग प्राप्त होला।

तुला - तपाइको आज मनोरञ्जनात्मक दिन हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन। कला र गलाको प्रभाव बढेर जानेछ, विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला।

वृश्चिक  तपाईको आज अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिएला। गरेको कार्यमा अवरोध आउने र कतैकतै झैझमेलाको अवस्था आउन सक्छ

धनु  तपाइको आज मालसामान हराउने सम्भावना रहेको छ भने नसोचेको ठाउँबाट धन हात पर्ला। धार्मिक तथा समाजसेवामा मन जानुका साथै शुभकार्यको चर्चा पनि हुनेछ

मकर - मकर राशीका तपाइको आज सामाजिक क्षेत्रमा सफलता पाइनेछ। घरमा अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन होला। आफन्तको प्रगतिमा मन रनाउला।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ कार्यको योजना बन्नेछ। न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला।

मिन – तपाइले आज प्रेमीको साथ पाउनुहुनेछ। आफन्त तथा अग्रजहरू सँग विवाद हुनसक्छ। स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप