Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस ३ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल पुस ३ गते, मंसिर शुक्ल सप्तमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज प्रेमको समस्या हटेर जाने भने महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने र रमणीय र सुखद् यात्राको योग पनि छ ।

वृष – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्न सक्छ। धार्मिक तथा समाजसेवामा मन जानुका साथै नयाँ काम वा रोजगार पाइन सक्छ।

मिथुन - कसै कसैले तपाईलाई आज भित्र भित्रै मन पराउन सक्नेछन। मित्र वा आफन्तको सहयोग पाइएला। बौद्धिकताको विकास हुनुका साथै मिष्ठान्न भोजन प्राप्तिकोयोग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा मन प्रसन्न रहला, कलहको योग पनि भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु आवश्यक हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

सिंह – तपाईको आज राजनैतिक कार्यमा सफलता मिल्नाले दिन उत्साहपूर्ण रहनेछ। विद्या र बुद्धिको विकास होला। नयाँनयाँ ज्ञान सिक्ने मौका पाइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज वैदेशिक कार्य अघि बढ्नुका साथै छोटो दुरीको लाभदायक यात्रा हुनेछ। आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। धनार्जन पनि होला

तुला -  आज तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्नेछन। रोजगारको अवसर पाइएला। राजनैतिक कार्यमा सफलता मिल्नुका साथै साथीबाट विशेष सहयोग मिल्ला।

वृश्चिक – तपाईको आज घरायसी झमेलामा परिन सकिन्छ, प्रेममा मनमुटावका साथै मन कमजोर रहला। यात्रामा मालसामान हराउन सक्नेछ ।

धनु – तपाइको आज पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्ने देखिन्छ, घरमा अतिथिको आगमन होला। लाभदायक यात्रा हुनेछ। नयाँ कार्यको थालनी पनि हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज धर्म, कर्म तथा समाज सेवामा मन जानेछ। भाग्योदय होला। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान दर्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। व्यवसायबाट लाभ पनि मिल्न सक्छ।

मिन – तपाइको आज सौन्दर्यतामा धन खर्च होला। यात्रामा मालसामान हराउनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप