Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २४ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल पुस २४ गते, पुस कृष्ण त्रयोदशी तिथी मंगलबार । सन २०२४ जनवारी ९ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज सवारी चलाउँदा सचेत रहनुपर्नेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय लाग्नसक्छ। घरायसी व्यवहारबाट टाढै बस्नु उचित होला।

वृष – तपाइको आज स्वास्थ्यमा सुधार आउनसक्छ। बन्धु बान्धवबाट सहयोग पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नका साथै सामाजिक कार्य अघि बढ्नेछ ।

मिथुन - तपाईको आज आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ नहुन सक्छ। आफन्तको प्रगतिमा मन रमाउला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कृषि क्षेत्रमा बढी प्रगति हनसक्छ। रचनात्मक कार्यबाट अरुको मनजित्न सकिएला। नयाँ कार्य वा रोजगारको योजना बन्नेछ।

सिंह – तपाईको आज माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्ने योग छ। अध्ययन क्षेत्र कमजोर रहला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आत्मिक सन्तुष्टि पनि पाइएला। दानपुण्यका कार्यमा सहभागी हुनुहोला।

तुला - तपाइको आज महिला वर्गबाट विशेष सहयोग पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। प्रेममा सफलता पाइएला।

वृश्चिक – तपाईको आज शुभकार्यमा सरिक हुने योग पनि रहेको छ। आफन्त सँगको सम्बन्धमा मजबुती आउला। सेवामूलक कामको थालनी होला।

धनु – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय रहेको छ। मेहनतीहरूका लागि दिन फलदायी नै हुनेछ।

मकर - मकर राशीका तपाइको आज दक्षिणा हात पर्न सक्ने सम्भावा रहो छ। परिवारसँग रमाइलो भेटघाट होला। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्य व्यवसायमा बढी सफलता पाइनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन जानेछ।

मिन – तपाइको आज खानपिन र स्वास्थ्य प्रति सावधान रहन आवश्यक रहेको छ। आँटेको कार्यबाट सफलता पाइएला। जोशजाँगर र हिम्मत बढ्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप