Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २३ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल साउन २३ गते, साउन कृष्ण अष्टमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आर्थिक समस्याले मानसिक चिन्ता दिनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु होला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने देखिन्छ।

वृष – तपाइको आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। नयाँ कार्यको थालनी पनि होला।

मिथुन - तपाईको आज नयाँ कार्यको योजना बन्न सक्छ। सहयोगी हातहरू अघि बढलान। वित्तिय संस्थाबाट सहयोग पाइएला। अरूलाई प्रभावित पारेर काम हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आँटेको र ताकेको कार्य पुरा हुने, रमाइलो र सुखद् यात्रा हुने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ।

सिंह – तपाईको आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नेछ। आलोचना गर्नेहरूबाट सजग हुनुहोला। अनावश्यक धन खर्च हुने तथा शुभ कार्यको समय छ।

कन्या - कन्या राशीका तपाईको आज प्रसन्नतापूर्वक समय व्यतीत होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

तुला - तपाइको आज सन्तानबाट सहयोग पाइएला। सांस्कृतिक क्षेत्रमा रूचि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। आर्थिक लाभ पनि होला।

वृश्चिक – तपाईको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला। वित्तिय संस्थाबाट सहयोग पाइएला भने सुखद् यात्राका अवसर पनि प्राप्त होला।

धनु – तपाइको आजको दिन साथी भाइ, प्रेमी तथा आफन्तबाट टाढिनु पर्दा मन खिन्न होला। स्वास्थ्यको ख्यालमा औषधी उपचार खर्च पनि बढ्नेछ।

मकर - मकर राशीका तपाइको आज कुनै कुराले मनमा शान्ति छउला। भेला र मनोरञ्जनमा सहभागिता हुनुहोला। सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। अचल सम्पत्ति हात पर्ने योग रहेको छ। पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहला।

मिन – तपाइको आज आम्दानी बढाउने काम सुरु गर्न सकिएला। पार्टी पिकनिक तथा सेमिनारमा सहभागि हुनुहोला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप